मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा –२ मा जित्न सकिएन, सिक्न सकियो : सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन् ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसकेपनि सिक्ने अवसर मिलेको र जिम्मेवार ढंगले प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’

१५ बैशाखमा प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ५६ बजे