मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेश सरकार बिस्तार



काठमाडौं ।(सुर्खेत), मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गरेको छ । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गरेको हो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ ।

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त हुनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैंले राखेका छन ।

नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ४६ बजे