मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय कम्पनी एयरटेललाइ ब्यान्डविथको भुक्तानी नगर्दा नेपालको इन्टरनेटमा समस्या



काठमाडौं । नेपालका विभिन्न निजी इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा एकाएक समस्या देखिएको छ।भारतीय इन्टरनेट सेवा प्रदायक एयरटेल कम्पनीले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएपछि नेपालका इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हो ।

नेपाललाई भारतको एयरटेल कम्पनीले ब्यान्डविथ प्रदान गर्छ। नेपालका इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी हुन नसक्दा भारतको एयरटेल कम्पनीले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।

अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोकेको नेपालका इन्टरनेट सेवा प्रदायकहरुको जिकिर छ ।सरकारसँग कर विवादको कारण सरकारले कम्पनीहरुलाई उक्त सुविधा रोकिदिएको हो।

सरकारसँग कर विवादले नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले वर्ष दिनदेखि भारतको एयरटेललाई तिर्नुपर्ने करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : २२ बजे