अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने आयोगको निर्णय



काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ।

अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोगले दर्ता गर्ने निर्णय गरेको हो।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन्।

राई नेतृत्वको जसपामा संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्ष तोकिएको छ।

दलमा नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन्।

महासचिवमा ईस्तियाक राई, उपहासचिवमा प्रदीप यादव छन् भने सचिव रञ्जु ठाकुर छन्। पार्टीको कोषाध्यक्षको जिम्मेवारी वीरेन्द्र महतोले पाएका छन्।

प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार  ६ : १५ बजे