मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीले भन्यो– पार्टी एकताबद्ध छ, फुट्ने हल्लामा सत्यता छैन



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धीका हल्लामा सत्यता नभएको दाबी गरेको छ।

अशोक राईले जसपा फुटाएपछि बसेको नेकपा एसको संसदीय दलको बैठकले यस्तो दाबी गरेको हो।

जसपा विभाजन भएपछि नेकपा एस पनि विभाजनमा हुने हल्ला चलेपछि अध्यक्ष माधवकुमार नेपाल भयभित बनेका छन्।

तर बैठकले त्यस्तो भ्रम पार्टीको एकतालाई कमजोर पार्न चलाइएको जिकिर गर्दै ती हल्लाका पछि नलाग्न आग्रह गरेको छ।

बैठकपछि प्रमुख सचेतक मेटमणि चौधरीले भने, ‘संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : २५ बजे