मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महादेववेसीमा स्वास्थ्य शिविर सम्पन्न, सयौं बिरामीको उपचार



काठमाडौं । बाल विकास कार्यक्रम नेपालको आयोजनामा सम्पन्न भएको शिविरमा थाक्रे गाउँपालिका,फ्रन्ट लाईन हस्पीटलको ,तिलगंगा अस्पतालको सहयोग रहेको थियो।

शिविरबाट ६६९ जना लाभान्वित भएको फ्रन्टलाईन हस्पिटल को अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिव रिलेसन डिपार्टमेन्ट का प्रमुख रवि खड्का ले जानकारी दिए।

शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,९९ जनाको जनरल फिजिसेन् सेवा लिएका छन्, यसैगरी शिविरमा ५२ जनाको दन्त परिक्षण, नाक कान तथा घाँटी ७८ जना, बाल रोग ४६ जना र १०१,हड्डी तथा नसा, ११०महिला सम्बन्धी रोगको परीक्षण साथै आवसेकको भिडियो एक्सरे भएको फ्रन्टलाईन को नेपाली र खड्का को भनाई छ।

शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ ।

आँखाको अप्रेशन गर्नुपर्नेको लागि निशुुल्क गरिने आयोजकले बताएको छन,साथै फ्रन्टलाईन हस्पिटल मा पनि अति विशेष सहुलेथ मा उपचारको जानकारी कृष्ण नेपालीले दिए ।

उपचारका लागि थाक्रे गाउँपालिका ,गल्छी गाउँपालिका वडा नम्बर ५र ७ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७,८ का नागरिकहरुको उपस्तिथि रहेको प्रमुख राम कुमार आचार्यले जानकारी दिए ।

शिविरमा थाक्रेका अध्यक्ष रामकुमार आचार्य , थाक्रे वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा(राजेन्द्र) बाल बिकास कार्यक्रम नेपालका अध्यक्ष बाल कृष्ण भट्टराई, फ्रन्ट लाईन का अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र रबि खड्का रहेको थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ११ : २२ बजे