मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिँने



काठमाडौं । नेपाली कांग्रेसले आफ्नो दलका सांसदहरुलाई संसदीय प्रक्रिया र भूमिकाबारे वृहत प्रशिक्षण दिने भएको छ । संसदको बजेट अधिवेशन सुरु हुनुभन्दा एकदिन अघि २७ गते बिहीबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले ऐन संशोधनका लागि आउने विधेयक र अरु महत्वपूर्ण बिषयमा आफ्नो दलको भूमिका अपेक्षाकृत कमजोर भएको भनेर आएका प्रतिक्रियालाई ध्यानमा राखेर यस्तो प्रशिक्षणको आयोजना गरेको लेखकको भनाई छ ।

पार्टीको उच्च पदमा रहेका सांसदको संसदका बैठकहरुमा पातलो उपस्थिति देखिएको, महत्वपूर्ण अवसरमा प्रभावकारी प्रस्तुतिको अभाव रहेको र बिषयवस्तुको पर्याप्त जानकारीको कमी देखिएको जस्ता पक्षहरुको समीक्षा गरेर सांसदहरुको अनुभव सुन्ने सुनाउने संसदीय दलको उदेश्य रहेको बताईएको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सदस्य छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : ४६ बजे