मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुध्द, सभामुख परामर्शमा व्यस्त



काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अवैध चलन गरेको बिषयमा संसदीय छानविन समितिको मागबाट पछि नहटेपछि बजेट अधिवेशनको सुरुआत नै हुनसकेको छैन ।

आजदेखि संसदको नियमित बजेट अधिवेशन सुरु हुने कार्यक्रम तय भएको थियो । तर प्रमुख प्रतिपक्षको माग पूरा हुननसक्दा वैठक नै बस्न सकेको छैन ।

सभामुख देवराज घिमिरेले दलका नेता र प्रमुख सचेतकहरुसँग वैठक सुरु हुनेगरी वातावरण बनाउन प्रयाश गरिरहेका छन् । संसदको वैठक व्यवस्थापन गर्न बस्नुपर्ने कार्यव्यवस्था समितिको वैठक समेत बस्न नसकेपछि अधिवेशनको थालनी नै अवरुध्द हुनपुगेको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिएपछि अन्य नेताहरुलाई बोल्न नदिइ संसद अवरोध गर्ने निर्णय गरेको थियो ।

अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुलाई मात्र बोल्न दिने र अन्य कुनै व्यवस्थापनसम्बन्धि कार्यसूची नराख्नेबारे दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति बने पनि कांग्रेस अडानबाट पछि हटेको छैन ।

गृहमन्त्रीको जवाफ सुन्ने र लगत्तै संसदीय छानविन समिति माग गरेर अवरोध गर्ने नीति कांग्रेसको छ । संसदीय दलको बैठकबाट बाहिरिँदै गर्दा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरण गृहमन्त्री रवि लामिछाने संलग्न रहेको पुष्टि हुने आधारहरु प्राप्त गरेको दाबी गरेका थिए । आजको प्रतिनिधि सभा बैठकमा प्रमाण पेस गर्ने कांग्रेसको योजना छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ३८ बजे