मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको अवरोधपछि संसद स्थगित, अर्को बैठक जेठ १ गते बस्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा अवरोध कायमै राखेको छ । बिहीबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले गृहमन्त्रीलाई बोल्न दिन आह्वान गर्दा कांग्रेस नाराबाजीमा उत्रिएपछि जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको अडान छ । सो माग पुरा नभएसम्म सदन चल्न नदिने र यसको जिम्मेवारी स्वयम सरकारले लिनुपर्ने कांग्रेसको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : २८ बजे