मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी गरेको प्रमाणित भए राजनीति छाड्दिन्छु : रवि लामिछाने



काठमाडौं, २८ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरणमा छानविन समिति बनाए कुनै आपत्ति नरहेको बताएका छन् । आज ९शुक्रबार० प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

साथै, कांग्रेस महामन्त्री गगनकुमार थापाले संसद्मा सहकारीबाट ऋण लिन निवेदन दिएको प्रमाण छ भनेको विषयमा उनलेृ उक्त प्रमाण देखाउन चुनौती दिए । प्रमाण देखाएको खण्डमा राजनीति छाड्ने पनि उनले उद्घोष गरे ।

काठमाडौं । गृहमन्त्री रवि लामिछानले कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिँदै आफूले ऋण लिएको प्रमाणित भएमा राजनीति छोडिदिने स्पष्ट पार्दै प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्ने प्रश्न गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन रु” उनले मिडियाबाजी र घेराबन्दी भएको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ३३ बजे