मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले दक्षिण एसियाको भ्रमण गर्ने



काठमाडौं । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले जेठ ३ देखि ११ सम्म दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने भएकी छन् । कालामारले नेपालसहित विभिन्न दक्षिण एसियाली देशहरूको भ्रमण गर्न लागेकी हुन् ।

उनले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकहरूको सम्झनामा जेठ ५ गते श्रीलंकामा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । त्यस्तै, जेठ ११ गते काठमाडौंमा उनले नागरिक समाज, मिडिया, युवालगायतसँग अन्तक्र्रियात्मक संवाद गर्ने कार्यक्रम छ ।

कालामार अन्तर्राष्ट्रिय मानवअधिकार विज्ञ हुन् । अभिव्यक्ति स्वतन्त्रता क्षेत्रकी विज्ञ, नारिवादी र गैर नश्लवादी अभियन्ता कालामार सन् २०२१ मा एम्नेष्टीको महासचिव नियुक्त भएकी थिइन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : २३ बजे