मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको नीति तथा कार्यक्रम : क्रिकेट रंगशाला उच्च प्राथमिकतामा राखिने



काठमाडौं । सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई तीनै तहको सरकारको साझेदारीमा निर्माण गर्ने जनाएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत खेल क्षेत्र विकासको लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिने बताए । क्रिकेट रंगशाला पूर्वाधार निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्ने समेत उनले उल्लेख गरे ।

उनले भने, ‘काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माण कार्यलाई तिव्रता दिइने छ ।’‘चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने छ । कीर्तिपुर क्रिकेट मैदानको थप स्तरोन्नतिको कार्य प्राथमिकता साथ अगाडि बढाइने छ,’ पौडेलले भने ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : ३१ बजे