मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निःसन्तानपनबारे सचेतना फैलाउन र्‍याली



चितवन । निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा रयाली निकालिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआई नारायणगढले संयुक्तरुपमा सचेतनामूलक रयाली निकालेका हुन् ।

निःसन्तानपनका कारण समाजमा हुने घरेलु हिंसाको अन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको सहयोगको महत्व तथा निःसन्तानपनको समाधानका उपायहरुका विषयमा सर्वसाधारणमा सचेतना फैलाउन यालीको आयोजना गरिएको शिशु फर्लिलिटीकी सिइओ सविना बजगाईंले जानकारी दिइन् ।

उनका अनुसार नेपालमा निःसन्तानपन एक बढ्दो चुनौतीको रुपमा देखिएको छ भने निःसन्तानपन भएका जोडीहरुलाई समाजले नकारात्मक दृष्टिकोणले हेर्दा अनेक समस्याहरु निम्तिएका छन् । जसकारण ती जोडीहरुको जीवनमा सामाजिक सम्मान र समर्थनको अभाव छ । ‘यो असम्बद्धता र विभेदले उनीहरूलाई मानसिक र आत्मिक रूपमा पराजित गराउँछ ।

निःसन्तानपन नेपालमा दुब्र्यबहार र घरेलु हिंसाको कारण पनि बन्दै आएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा परिवारको साथ नपाउँदा, जीवन अधिक कठिन बन्छ । परिवारले बुझेर साथ दिएपछि पनि
निकै मानसिक र भावनात्मक चुनौतीहरू कम हुन्छन् ।’

शिशु फर्लिलिटीले निःसन्तानपनका कारण हुने समस्याहरुको समाधानका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १० : २८ बजे