मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलपछि संसद् बैठक स्थगित



काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ सुरु भएलगत्तै बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथिको सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठनको मागलाई बेवास्ता गर्दै सरकारले संसद् बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेस प्रतिवादमा उत्रिएको हो ।

कांग्रेस सांसदको नाराबाजीबीच सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिइएको घोषणा गरेका थिए । तर, उनी रोष्ट्रममा पुग्नै पाएनन् । कांग्रेस सांसदको नाराबाजीपछि सत्ता पक्षका नेताहरु प्रतिवादमा उत्रिएपछि झण्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् । उनले कांग्रेसको अवरोधका बीच मन्त्री नियुक्ति बारेको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू भने पढेर सुनाएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : १२ बजे