काठमाडौंमा बिहानैबाट वर्षा : कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । काठमाडौंमा आज बिहानैबाट हावाहुरीसहित वर्षा भएको छ । बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो ।

नेपालमा आज स्थानीय वायु र पश्चिमी वायु सक्रिय छ । आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  ९ : १५ बजे