मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिसन स्माइल नेपालले सुरु गरेको अतिरिक्त प्रशिक्षण बिधार्थीहरुका लागि लाभदायक बन्दै



काठमाडौं । मिसन स्माइल नेपालले स्कुलका बिधार्थीहरुका लागि सुरु गरेको अतिरिक्त प्रशिक्षण बिधार्थीहरुका लागि लाभदायक बनेको पाइएको छ । मिसन स्माइल नेपालले बौद्दनाथ क्षेत्र विकास समितिको सहकार्यमा बिगत एक महिना देखि बेलुकि पाँच देखि सात बजेसम्म बिधार्थीहरुका लागि दैनिक अतिरिक्त प्रशिक्षण गराउदै आएको छ ।

नैतिक शिक्षा,योगा, नृत्य, संगित लगायतका सात विषयमा दैनिक दुइ घण्टा अतिरिक्त प्रशिक्षण दिइरहेको मिसन स्माइल नेपालकि अध्यक्ष जस्मिन ओझाले बताइन् । प्रशिक्षणले बिधार्थीलाइ संस्कारसँग जोड्दै मोबाइलमा ज्यादा समय बिताउने लगायतका बिधार्थीहरुका लागि हानिकारक हुन सक्ने अन्य कुराहरुमा सचेतना जगाएको उनले बताइन् ।

उनले भनिन्, ‘प्रत्येक बुथमा ३५ जनाका दरले ६ वटा बुथमा २०० भन्दा बढि बिधार्थीहरुका लागि निसुल्क ट्रेनिङ गराइ रहेका छौं,अभिभाबकहरुले पनि ट्रेनिङ मन पराएर राम्रो प्रतिक्रिया दिनु भएको छ ।’ बिधार्थीहरुलाइ संस्कारसँग जोड्दै सक्रिय बनाउने उदेश्य रहेको उनको भनाइ छ ।

मिसन स्माइल नेपालले बाल संस्कार अध्यन केन्द्र मार्फत चाबहिल, बौद्दनाथ,बज्रनगर, सिमलटार लगायतका क्षेत्रमा रहेका सार्बजनिक भवनहरुमा स्कुलका बिधार्थीहरुका लागि हाल अतिरिक्त प्रशिक्षण चलाइरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ३४ बजे