मकवानपुरमा सुमो दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते



हेटौँडा, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैँसेमा टाटासुमो दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । सातजना घाइते छन् ।

रौतहटको चपुरबाट काठमाडौँतर्फ गइरहेको ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडमा दुर्घटना हुँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिए । अन्य एक मृतकको परिचय खुलेको छैन ।

दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए । घाइते सात जनालाई हेटौँडा अस्पताल पु¥याइएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०८३ बिहिबार  ११ : ०५ बजे