मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक साताभर यस्तो रहनेछ देशभरको मौसम



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले अबको एक हप्तासम्म पश्चिमी वायु, स्थानीय वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशीक प्रभाव रहने सम्भावना रहेको जनाएको छ ।

शक्रबार यही जेठ १७ गतेसम्मको साप्ताहिक बुलेटिन जारी गर्दै साताको मध्य र अन्त्यमा देशको पूर्वी भूभागमा बंगालको खाडिमा बन्ने चक्रपातको पनि प्रभाव रहने सम्भावना रहेको जनाएको छ ।

साताभर देशको हिमाली भू–भागहरुमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । साथै कोशी र बागमती प्रदेशको हिमाली भूभागमा मध्य र अन्त्यमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने सम्भावना रहेको छ ।

देशको तराईका भू–भागहरुमा साताको शुरुमा एक दुई स्थानमा मेघगर्जन-चट्याङ्ग-असिना, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मध्य र अन्त्यमा कोशी प्रदेशको तराईका केही स्थानहरूमा साथै मधेश, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराईका भू–भागहरुमा थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्ग-असिना, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी प्रदेशको तराईका भू–भागहरुमा साताको मध्य र अन्त्यमा एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ ।

देशको अधिकांश पहाडी भू–भाहरुमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्ग-असिना, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साताको मध्य र अन्त्यमा कोशी र बागमती प्रदेशको पहाडी भू–भाहरुका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । साताको अन्त्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानम मेघगर्जन/चट्याङ्ग/असिना, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साताको शुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा र मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का बर्षा / हिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा साताको शुरू र मध्यमा थोरै स्थानहरुमा हल्का वर्षा/हिमपात तथा अन्त्यमा एक–दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

साताको शुरुमा देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रममा हल्का बढ्ने तर पूर्वी हिमाली क्षेत्रमा भने उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ । मध्य र अन्त्यमा तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : १४ बजे