गिरीबन्धु प्रकरण : ऐन नै बनाएर भ्रष्टाचार गर्ने तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन गर्नुपर्छ : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता एबं सांसद प्रदीप पौडेलले गिरीबन्धु टी स्टेटबारे अदालतको आदेश अक्षरस कार्यान्वयन हुनुपर्ने बताएका छन्। । सोमबार सामाजिक सञ्जाल मार्फत उनले अदालतको आदेशको कार्यान्वयन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले ऐननै बनाएर नीतिगत भ्रष्टाचार भएकोले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन गर्नुपर्ने माग समेत गरेका छन् ।

‘गिरीबन्धु टी स्टेटबारे अदालतको फैसलाबाट प्रष्ट छ, ऐन नै बनाएर नीतिगत भ्रष्टाचार गरियो। त्यसैले पनि तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ,’ पौडेलले भनेका छन्, ‘अदालतको फैसला पूर्ण कार्यान्वयन हुनुपर्छ। यसमा कसले को माथि आरोप लगायो, लगाएन भन्ने तर्क फगत विषयान्तर गर्ने चेष्टा मात्र हो, सचेत बनौं।’

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : २१ बजे