सहकारी प्रकरण : सात सदस्यीय संसदीय समिति बन्ने, समयावधि तीन महिना



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ ।

मंगलबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा गरिएको ‘बिफ्रिङ’ सुनाउँदै उक्त समितिको कार्यावधि तीन महिनाको हुने एक सांसदले जानकारी दिए ।

कांग्रेस संसदीय दल बैठकमा बिफ्रिङ गरिएअनुसार, कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहने नेताले बताए ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  १ : ०१ बजे