रविका वकिल इजलासमा परे, आजपनि सुनुवाइ स्थगित



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो ।महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिनेगरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए।

रिटमा भट्टराईले लामिछानेले अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग गरिएको छ।

उनले रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधीवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाएका छन्।यसअघि अदालत प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो। सुरुमा दरपीठ भएको रिट पनि इजलासको आदेशले दर्ता भएको थियो।

प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार  १ : ३० बजे