मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त



काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार  १२ : ३२ बजे