प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज साँझ हुने शपथग्रहण समारोहमा सहभागी हुन दाहाल दिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री दाहाललाई भारतीय विदेश मन्त्रालयका अधिकारी पी। कुमरनले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री दाहाल भोलि नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार  ८ : २३ बजे