प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबिच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन्।

आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

भेटमा नेपाल र भारतबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको जनाइएको छ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए। आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका थिए।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : १७ बजे