मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीर्थयात्री चढेको बसमा आतंककारी आक्रमणमा परी नौको मृत्यु



काठमाडौं । तीर्थयात्री सवार बसमा आतंकवादीहरूले आक्रमण गरेपछि दुर्घटना हुँदा तीन महिला सहित नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।

भारतको जम्मू कश्मीरको रियासी जिल्लामा आइतबार साँझ उत्तर प्रदेश र दिल्लीबाट तीर्थयात्रीहरू बोकेर गुडिरहेको बस आक्रमणपछि गहिरो खाडलमा खसेको थियो ।

बसमा रहेका तीन महिलासहित नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएकका छन् ।

पोनी क्षेत्रको तेर्याथ गाउँ नजिकै कटरास्थित शिव खोरी मन्दिरबाट माता वैष्णो देवी मन्दिर जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका थिए । ५३ सिटको बस साँझ ६ बजेर १५ मिनेटमा गोली चल्न थालेपछि गहिरो खाडलमा खसेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : २८ बजे