मलेसियामा दुई नेपाली बालबालिकालाई उपाधि



काठमाडौँ । मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोवल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले नेपालाई उपाधि दिलाउन सफल भएका छन् ।

कोटाकिना बालु सहरमा जुन ५ देखि ९ सम्म आयोजना भएको प्रतियोगीतामा यादवले ‘किड युनिभर्स’ र सुब्बाले ‘ग्राण्ड वीनर किड करिस्मा’ नामक दुई उपाधि नेपाललाई दिलाएका हुन् ।

प्रतियोगीतामा यादवले किड बेष्ट फर्मल अटायर र किड इन्टिलिजेन्ट अवार्ड समेत हात पर्दा सुब्बाले बेष्ट क्याजुअल अटायर र किड फ्रेड्ली अवार्ड जितिन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : ५६ बजे