मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आएको छ : शेखर कोइराला



काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपाली कांग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पटक(पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको बताए ।

“जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन”, उनले भने ।

नेता डा कोइरालाले विपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गरेर अगाडि बढेमात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने बताए । उनले आचार्य साहसीक व्यक्तित्वको धनी भएको उल्लेख गरे ।

कांग्रेस नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र हिम्मत र साहसी महिला नेत्री शैलजा आचार्य भएको बताए । उनले देश विकासका लागि स्व आचार्यको योगदान महत्वपूर्ण भएको उल्लेख गरे । पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ थियो

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : ०३ बजे