काठमाडौं, जेठ २९ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ ।
त्यस्तै, दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानवअधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने कार्यसूची छ ।