मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले क्रियासिल सदस्यबाट नेतृत्व चयन गर्नसके सबैमा अपनत्व बढ्छ : सुशिल भट्ट



काठमाडौ। नेपाली कांग्रसका महासमिित सदस्य सुशिल भट्टले कांग्रेसको तेतृत्व चयन गर्दा क्रियासिल सदस्यबाट हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागर्जुन नगरपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बल्दै कांग्रेसको हरेक नेतृत्व मेरो नेतृत्व हो भन्ने अनुभूती आम कार्यकर्तामा गराउनपर्नेमा जोड दिएका हुन् ।

महासमिति सदस्य भट्टले भने, ञपछिल्लो समय नागरिक र हरेक राजनीतिक दलको दुरी बढेको देखिन्छ , कांग्रेसले नागरिकले अपनत्व गर्ने नेतृत्व वडादेखी केन्द्रसम्म दिन सक्ने हो भने राजनीतिक दल नै समाज रूपान्तरणको आयाम हो आभास नागरिक हुन्छ ।

देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गएको गएको यतिका लामो समयपछि यही व्यवस्थाप्रति नागरिकले प्रश्न गर्ने अवस्था आउनु हरेक राजनीतिक दलका नेताको असक्षमता भएको उनको कथन थियो । दलित , जनजाति र सिमान्तकृत जनताको लागि छुट्याईएको समानुपातिक कोटा नेताका आफन्त र पहुचवाला मृठ्ठीमा पुगेको भन्दै भट्टले भने , ‘के समानुपातिक प्रणाली आफ्नो नजिकका मान्छे व्यवस्थापन गर्ने ठाँउ हो’?

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ३१ बजे