सुनको मूल्यमा नयाँ रेकड, कतिमा हूदैंछ कारोबार ?



काठमाडौँ । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ११ : २४ बजे