मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक : संयोजक राई



काठमाडौंँ । चलचित्र बिकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’का संयोजक ज्योतीराज राईले चलचित्र निर्माण अघि अध्यायन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । अध्यायन र अनुसन्धान सहित निर्माण भएको चलचित्रको बजार प्रवद्र्धनमा सजिलो हुने उनको धारणा रहेको छ ।

शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवद्र्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह–आयोजनामा आयोजित मातृभाषी चलचित्रको निर्माण प्रवद्र्धन बजारीकरण विषयक अन्तर्कृयामा बोल्दै राईले यस्तो धारणा राखेका हुन् ।

चलचित्र विकास बोर्डको सहयोगमा रहेका संयोजक राईले आदिवासी र जनजाती चलचित्रको प्रवद्र्धनको लागी समिती गठन भैसकेकोले आगामी दिनमा चलचित्रको बजारीकरण सहज हुने दावी गरे । ‘आदिवासी जनजाती चलचित्रहरु फेस्टिवल र च्यारिटीमा मात्र सिमित नभएर अन्य चलचित्रहरुसँग पनि प्रतिस्पर्धामा जाने गरेका छन्’, उनले भने ‘त्यसैले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीहरुको भावनामा ठेस लाग्ने, उनीहरुको भाषा कला, साहित्य र संँस्कृतिमा आच आउने कुरामा ध्यान दिनपर्छ ।’ चलचित्र मार्फत नयाँ पुस्तामा संस्कृति सिकाउने भएकाले पनि चलचित्र निर्माण गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मुलवासी भएकाले आफुहरुको भाषा नै नेपालको मुल भाषा भएको बताए । उनले आदीवासीका भाषामा बनेका चलचित्रहरुलाई विश्व बजारमा पुर्याउने काम महासंघको रहेको बिचार राखे ।

कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवद्र्धनमा विशेष योगदान पुर्याउने मेजन पुन मगर, धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान समेत गरिएको कार्यक्रममा कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरुको भाषा संस्कृतिलाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरुले बजार पाउन नसकेको आरोप लगाए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : ०१ बजे