सत्यराज र स्वरुपराज आचार्यको स्वरमा ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । प्रा. डा. सुवासप्रसाद आचार्य र मिस पवीको अभिनय रहेको तथा गायकद्वय सत्यराज र स्वरुपराज आचार्यको स्वरमा ‘आखिर त्यो मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रवीन्द्र पौड्यालको शब्द संगीत रहेको गीतमा पौड्याल आफैले पनि अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यको जिवन्त अभिनय रहेको छ । उनले टिकटकबाट अभिनय क्षेत्रमा प्रवेस गरेकी मिस पवी अर्थात् पवित्रा साकीको जोडीको रुपमा अभिनय गरेका छन् ।

गीतको संगीत सञ्योजन गोपाल रसाइलीले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका छन् । म्युजिक भिडियोको छायाङ्कनमा दिनेश पराजुली र दृश्य सम्पादन विकास दाहाल रहेका छन्।

आचार्यको यो सातौं म्युजिक भिडियो हो । चिकित्साका साथै अभिनयमा समेत रुचि राख्ने प्रा. डा. आचार्यले यसअघि ‘तिमी र म’ गितको म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : १० बजे