मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल बंगलादेशसँग २१ रनले पराजित



काठमाडौँ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

खराब ब्याटिङका कारण आईसीसी टी–२० विश्वकपको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल समूहचरणबाट बाहिरिएको हो।

योसँगै नेपाल २०२४ को टी–२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ।

१०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भयो। नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए।

दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए।

बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको शीर्षक्रम धरासयी पारेका थिए। ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १÷१ रनमा आउट भए। एक समय नेपाल ७ ओभरमा २६ रन ५वीकेटको अवस्थामा पुगेको थियो।

दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरे पनि गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भए।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए। मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ०६ बजे