काठमाडौँ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।