मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउने अध्यक्ष नेपालको उदघोष



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले महाधिवेशन लगत्तै पहिलो पार्टी बन्ने गरी काम गर्ने बताएका छन् ।

सोमबार अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रममा उनले अहिले पार्टीमा विचारको कुनै मतभेद नरहेको भन्दै महाधिवेशनबाट नै पहिलो पार्टी बन्नेगरी काम गर्ने दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादलाई झण्डा फहराउँदै अघि सार्ने पार्टीको नाम नै हो ‘नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी’ । समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं । त्यसैले पहिलो दिनदेखि नै पाइला त्यतै सारेका छौं ।’

‘हामी महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ । यसका निम्ति हाम्रा सम्पूर्ण नेता र कार्यकर्ताहरुको कुनै एउटाको होइन् । सामूहिक बुद्धिबाट नै हामीले दस्तावेजहरू अगाडि सारिरहेका छौं,’ उनले भने ।

उनले नेपाली समाजको रुपान्तरणका लागि वर्तमान निर्वाचन प्रणाली र संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए । अहिलेको व्यवस्थामा पनि महिलामाथिको हिंसा र दलितमाथिको अत्याचार पीडादायी रहेको भन्दै सुधार गर्न जरुरी रहेको उनको भनाई छ ।

उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ०३ बजे