गृहमन्त्री लामिछानेबिरुद्दको रिट हेर्दा हेर्दैमा,असार १८ गते अर्को पेसी



काठमाडौं । गृहमन्त्री रवि लामिछानेबिरुद्दको रिट आज पनि हेर्दा हेर्दैमा परेकोको छ।

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले हेर्दा हेर्दैमा राखेको।

रिटमा अब अब गृहमन्त्री लामिछानेका तर्फबाट मात्रै बहस हुन बाँकी छ।शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधीवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधीवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए ।

सर्वोच्चले अर्को पेसी असार १८ गतेका लागि तोकेको छ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि कुनै उजुरी र अनुसन्धान नभएको भन्दै दिएको ‘क्लीन चिट’विरुद्ध अभिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ०४ बजे