मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी राष्ट्रपति मस्को फर्केलगत्तै दक्षिण कोरियाको बन्दगाह आईपुग्यो अमेरिकी युध्दपोत



काठमाडौं । आणविक शक्ति संचालित अमेरिकी विमान वाहक युध्दपोत ‘थियोडोर रुजवेल्ट’ शनिबार दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आईपुगेको छ ।

दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासको लागि यो युध्दपोत आइपुगेको दक्षिण कोरियाको नौसेनाले जनाएको छ ।

दक्षिण चीन सागरको विवादित जलमार्गमा चीनको ‘खतरनाक र आक्रामक व्यवहार’ को निन्दा गर्दै तीन राष्ट्रका नेताहरूले अगस्त २०२३ मा क्याम्प डेभिड शिखर सम्मेलनमा वार्षिक सैन्य प्रशिक्षण अभ्यास गर्ने सहमति गरेका थिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको भ्रमण लगत्तै अमेरिकाबाट संयुक्त सैनिक अभ्यास गर्नेगरी युध्दपोत विमान आएको छ । रुस र उत्तर कोरियाले एकअर्का विरुध्द कुनै किसिमको आक्रमण भएमा प्रतिकार गर्ने ५ बूँदे सम्झौता गरेका छन् । गएको साता प्योङयाङ आएका पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच सहमति भएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षमा पहिलो पटक यस हप्ता उत्तर कोरियाको भ्रमण गरेका थिए र नेता किम जोङ उनसँग पारस्परिक रक्षा प्रतिज्ञा सहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्योङयाङमा उच्च राष्ट्रिय सम्मान ग्रहण गरेपछि पुटिन भियतनाम पुगेका थिए । त्यहाँ पनि सहकार्यको सहमति गरेर उनी मस्को फर्किसकेका छन् ।

यो एसियामा रूसको वर्षौंको लागि सबैभन्दा महत्वपूर्ण चालहरू मध्ये एक थियो, जसलाई किमले गठबन्धनको रूपमा वर्णन गरेका छन् ।

यो भ्रमण उत्तरको आणविक र मिसाइल कार्यक्रम विरुद्ध विस्तारित प्रतिरोधको प्रदर्शनमा अर्को अमेरिकी विमान वाहक कार्ल भिन्सनले दक्षिण कोरियाको यात्रा गरेको सात महिना पछि आएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : ३४ बजे