काठमाडौं । सिंगापुरका एक धर्मगुरुलाई आफ्ना अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको र उनको पोल खुल्ने शंका गरिएकालाई अनुशासनका नाममा हिंस्रक सजाय दिईएकोे अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।
सिंगापुरस्थित च्यानल न्यूज एशिया (सीएनए)का अनुसार वू मे हो नाम गरेका धर्म गुरुलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ । धार्मिक पन्थका नाममा धन बटुल्ने अवैध व्यवसाय गरेको वित्तीय अपराधमा उनलाई यस्तो सजाय दिईएको हो ।
वूले करिब ३० जना अनुयायीहरूलाई आफूलाई देवता मान्ने विश्वास दिलाए र उनीहरूलाई केही वर्षदेखि १० मिलियन डलरभन्दा बढी ठगी गरेको पुष्टि भएको स्थानीय अदालतमा उपलव्ध कागजातहरूले प्रष्ट पारेको समाचारमा जनाईएको छ ।
धर्म गुरु वूले भने गलत क्रियाकलापमा परेका आफ्ना अनुयायीहरूलाई सुधार्न ससानो आर्थिक दायित्व लगाईएको स्वीकार गरेका छन् ।उनीहरूबाट उठाईएको रकम भारतमा रहेको श्री शक्ति नारायणी अम्मा भनिने आध्यात्मिक व्यक्तित्वलाई पठाइएको बताईएको छ । भारतमा त्यस संस्थाल नयाँ मन्दिर निर्माणका लागि संकलित रकम प्रयोग गरिने जनाएको अदालतलाई उदृत गर्दैै समाचारमा उल्लेख गरिएको छ ।
ती धर्म गुरुले आफ्ना अनुयायीहरूलाई दण्ड दिने नाममा तातो चिम्टाले उनीहरुको दाँत तान्नेजस्तो क्रुर सजाय दिइएको छ । त्यतिमात्र होइन उनीहरुलाई आफ्नै दिसा खान समेत वाध्य पारिएको थियो ।
स्वास्थ्य अधिकारीहरूले उनलाई उनको अपराधको समयमा पागल सिजोफ्रेनिया थियो तर उनी आफ्नो कार्यको अवैध प्रकृति बारे सचेत रहेको बताएका छन् ।
‘अभियुक्तको कार्यले उनका अनुयायीहरूको जीवनलाई पूर्ण रूपमा चकनाचूर पारेको छ, उनीहरूलाई गम्भीर आर्थिक परिस्थितिमा छोडेको छ र कतिपयलाई स्थायी शारीरिक अपाङ्गता भएको छ,’ अभियोजनकर्ताहरूले अदालतमा आफ्नो पक्ष प्रस्तुत गर्दा भनेका छन् ।
सन् २०२० मा सिंगापुर पुलिसले दक्षिण कोरियाको शिन्चेन्जी चर्च अफ जीससको स्थानीय अध्यायका २१ सदस्यहरूलाई पक्राउ गरेको थियो । उनीहरुलाई गैरकानूनी समाजको सदस्य भएको भन्दै पक्राउ गरिएको हो ।
सिङ्गापुरको कानुनअनुसार गैरकानूनी समाजको सदस्य भएको आरोपमा दोषी ठहरिए तीन वर्षसम्मको जेल सजाय र ३,७०० डलरसम्म जरिवाना हुन सक्छ ।














