पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा



मुग्लिन । नारायणगढ/मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका( २९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो ।

सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : असार ८, २०८१ शनिबार  १ : १० बजे