प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित



काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक, २०८१ पारित गरेको छ ।आज प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संसद‍‍्मा बजेट प्रस्तुत गरेको थियो ।

त्यसअघि विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो र बहुमतले पारित गरेको थियो ।

निर्णयार्थ प्रस्तुत गर्नुअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । सो क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित् मन्त्रीले जवाफ दिएका थिए ।

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार  ३ : १२ बजे