काठमाडौँ । दक्षिण अफ्रिका टी–२० विश्वकप २०२४ को फाइनलमा पुगेको छ।
आज अफगानिस्तानसँग भएको सेमिफाइन खेलमा ९ विकेटले जित हासिल गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।
५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८।५ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो।
रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।