मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प ४।२ म्याग्निच्युडको थियो। २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए।

भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ९ : ०७ बजे