कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता कार्यकर्ताहरुले विधिवत १२ औं महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा सांकेतिक प्रदर्शन गरेका छन् ।
आइतबार उनीहरुले अध्यक्षको खाली कुर्सी पार्टी कार्यालय परिसरमा राखेर अधिवेशनको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । तर नेविसंघको केन्द्रीय कार्यालय काठमाडौंको हनुमानथान छ ।
आन्दोलनकारीहरुले अध्यक्ष डुजाङ शेर्पा एकलौटी ढंगले अघि बढेको आरोप लगाए ।



