मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर बालेन उपस्थित नभएपछि नगर सभा बैठक स्थगित



काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक स्थगित भएको छ।आज राष्ट्रिय सभागृहमा बिहान ८ बजे बस्ने भनिएको बैकठमा मेयर बालेन नै उपस्थित नभएपछि स्थगित भएको हो।

मेयर बाहेकका सबै नगर सभा सदस्य उपस्थित भएका थिए। महानरपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतका अनुसार पूर्व जानकारी बिना नै मेयर बालेन सभामा उपस्थित नभएका हुन्।

बिहान ८ बजेका लागि बोलाइएको नगरसभा थियो। नगरसभाका सदस्यले साढे १० बजेसम्म कुरे तर बालेन आउने नआउने निश्चित नभएपछि सभाका सदस्यहरू निस्किएका थिए।

नगरसभाबाट आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट, काठमाडौँ महानगरपालिका आर्थिक विधेयकर विनियोजन विधेयकमा छलफल गरी पारित गर्ने कार्यसूची थियो।

नगरसभामा न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पनि पारित गर्ने कार्यसूची थियो।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : ०८ बजे