मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वदेशमै मतदानको राम्रो व्यवस्था नगर्नेले विदेशमा रहेकालाई कसरी गर्लान: दिनेशकुमार थपलिया



काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानको व्यवस्था देशमै राम्रो नगर्नेले विदेशमा रहेकालाई मताधिकार दिन्छु भन्नु सान्दर्भिक नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचनमा आन्तरिक र बाह्य आप्रवासनको प्रभाव विषयक कार्यक्रममा उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई संविधानले सुनिश्चित गर्ने र त्यही अन्तर्गत बनेको कानूनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाबाट निकास निकाल्न नसकिने बताए ।

उनले भने,‘देश भित्र अथवा बाहिर रहेका कुनैपनि नागरिकको अन्तिम मतदाता नामावलीमा नाम छ । उसले आफ्नो वडामा गएर मत हाल्न सक्छ । एउटा गाउँपालिकामा जन्मिएर वाध्यतावस कुनै पेसा व्यवसाय वा रोजगारीका कारण अर्को ठाउँमा गएकालाई कसरी मतदानको व्यवस्था मिलाउन सक्छौं भन्ने कुरा प्राथमिकतामा छ । तर मतदानको व्यवस्था मिलाउन नसक्नेले संसारको जुनसुकै कुनामा भएका मानिसलाई पनि मताधिकार दिन्छु भनेर गुड्डी हाँक्दै हिड्नु कत्तिको सान्दर्भिक होला ?,’ उनको प्रश्न थियो ।

त्यस्तै उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई सुनिश्चित गर्ने त्यही अन्तर्गत बनेको कानूनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाको निकास के हुने भन्ने पनि प्रश्न गरे ।

उनले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा मताधिकार दिने विषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको भन्दै अहिले अधिकार दिइहाल्यो भने प्रतिनिधिसभाको समानुपातिकमा मात्र दिन सकिन्छ भन्ने निष्कर्षमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १ : १२ बजे