मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शक्तिकेन्द्रको कुरा नमिलेपछि धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द



काठमाडौँ । सरकारले धितोपत्र बोर्ड अध्यक्षको छनौट प्रक्रिया रद्द गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो।

सिफारिस समितिले गरेका ५ जना उम्मेदवारमध्ये ३ जना अन्तर्वार्छि मन्त्रालयले सर्टलिस्ट रद्द गरेको हो।

समितिले यो प्रकरणमा महान्यायाधिवक्ताको राय माग गरेको थियो। उसले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो।

त्यसका बाबजुद पनि सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा समिति संयोजक डा। मीनबहादुर श्रेष्ठ र सदस्य उदय निरौला सर्टलिस्टमा परेका पाँचै जनाको नाम सिफारिस गर्ने पक्षमा देखिए पनि त्यसमा अर्थसचिव मधु मरासिनीले असहमति जनाएका थिए।

बोर्डको अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका थिए। तीमध्ये ५ जनाको नाम सर्टलिस्टमा परे। दुई जना अन्तरवार्तामा उपस्थित भए। सन्तोषनारायण श्रेष्ठ र बोर्डका बहालवाला कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ अन्तर्वार्तामा गएका थिए। अरु ३ जनाले बहिष्कार गरे ।अन्ततः मन्त्रालयले प्रक्रिया नै रद्द गरिदियो।

बोर्डकै अर्का कार्यकारी निर्देशक डा। नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की समितिलाई अन्तर्वार्ता दिन नगएका हुन्।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ६ : ३२ बजे