मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुकुल ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण



काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनलाई लिएर स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने चेतावनी दिएका थिए । उनले तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने बताएका थिए ।

आयोगले महामन्त्री ढकाललाई अनुशासन भङ्ग गरेको भन्दै स्पष्टीकरण सोधेको बताइएको छ । आज ९शुक्रबार० महामन्त्री ढकाललाई स्पष्टीकरण पत्र थमाइएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ४८ बजे