मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली, छिट्टै सत्ता समिकरण बदलिन सक्ने अनुमान



काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाइ भेट्न बालुवाटार पुगेका छन् । सोमबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शनिबार बालकोट पुगेर ओलीसँग भेटे यता सत्ता समिकरण समेत बदलिन सक्ने अनुमानका बिच शिर्ष नेतहरूको भेटवार्ता र छलफल बाक्लिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको शनिबार ओलीनिवास बालकोट पुगेका थिए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : २७ बजे