काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ बढेर कारोबार भइरहेको सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । ।चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














