मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

बैठक सुरु भएपछि सांसद रामकृष्ण यादवले सदनमा मन्त्रिपरिषद्को सदस्य र मन्त्री कसैको पनि उपस्थिती नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो ।

उनले भने, ‘बैठक सुरु हुनको लागि मन्त्रिपरिषद्को एकजना पनि सदस्य, मन्त्री अनिवार्य उपस्थितीको व्यवस्था छ । यो बैठकमा कसैको पनि उपस्थिती नभएको कारणले गर्दा ध्यानाकर्षण गर्न चहान्छु ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : ०८ बजे